तरुण दलको स्थापना दिवसमा दुई समूहका दुई कार्यक्रम
काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको आइतबार स्थापना दिवसमा अध्यक्ष र महासचिबले छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेका छन्।
अध्यक्ष जितजंग बस्नेतले पार्टी कार्यालय सानेपामा र महासचिब भूपेन्द्रजंग शाहीले एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेका छन्।
दुबै समूहले पार्टी कार्यालय सानेपामै कार्यक्रमका लागि तयारी गरेपछि पार्टी नेतृत्वले हस्तक्षेप गरि कार्यक्रम फरक फरक स्थानमा गर्न भनेको थियो। त्यसपछि महासचिब शाहीले कार्यक्रम स्थल पार्टी प्यालेस सारेका हुन्।
दुबै समूहका कार्यक्रम अहिले फरक फरक स्थानमा भइरहेका छन्। शाहीले आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री सशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसीलगायत सहभागी छन्।
उता पार्टी कार्यालयमा अध्यक्ष बस्नेतले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरु सहभागी छन्। आन्तरिक विवादका कारण एक महिना अघि अध्यक्ष बस्नेतले शाहीलाई र शाहीले बस्नेतलाई तरुण दलबाट निस्कासित गरेको जनाएका थिए। बस्नेत देउवा पक्षका हुन् भने शाही नेता रामचन्द्र पौडल पक्षका हुन्। विसं २०१० साल कार्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले तरुण दल स्थापना गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment