एन्ड्रोइड प्रयोगकर्ताको लागि ह्वाट्सएपले ल्यायो नयाँ फिचर, यसरी प्रयोग गर्नुहोस्

डिसी नेपाल
१५ कार्तिक २०७६ १०:२६

एजेन्सी । सोसल मिडिया प्लाटफर्म ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोनको लागि बायोमेट्रिक अथेन्टिकेशन फिचर सार्वजनिक गरेको छ। यो भन्दा पहिला आईओएसको लागि उक्त फिचर दिएको थियो जसमा प्रयोगकर्ताले फेस आईडीले ह्वाट्सएपलाई सुरक्षित राख्ने अप्सन रहेको छ।

ह्वाट्सएपले फिंगरप्रिंट स्क्यानर भएको स्मार्टफोनमा फिंगरप्रिंट स्कयानरको सहयोगले लक गर्न मिल्ने बताएको छ। तर उक्त फिचरलाई भने आफूले सुचारु गर्नुपर्ने हुन्छ। यसका लागि तपाईँले आफनो ह्वाट्सएपलाई अपडेट गर्नुपर्ने हुन्छ।

ह्वाट्सएपले आफ्नो अफिशियल ब्लगपोष्टमा भनेको छ, ‘यो वर्षको सुरुवामतमै आईफोनको लागि टचआईडी तथा फेस आईडीको सपार्ट दिएका थियौं जसबाट यूजर्सलाई अतिरिक्त लेयरको सेक्यूरिटी हुने गर्छ। अब यस्तै अथेन्टिकेशन एन्ड्रोइडको लागि पनि लञ्च गरिएको छ।’

एन्ड्रोइडमा उक्त फिचर प्रयोग गर्ने तरिका

ह्वाट्सएप खोल्नुहोस र सेटिंगमा क्लिक गरेर अकाउंट सेटिंगमा जानुहोस । जहाँ प्राईभेसी अप्सनमा फिंगरप्रिन्ट लकको अप्सन आाउनेछ। त्यहीबाट तपाईँले अन गर्न सक्नुहुनेछ।

यदी आफ्नो ह्वाट्सअपमा अपडेट नआएमा केही समय कुर्नुपर्ने हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *