विप्लवले युट्युवमार्फत लाइभ अन्तरवार्तामा आफ्नो धारणा सार्वजनिक गर्ने
नेत्रविक्रम चन्द विप्लव।
काठमाडौं। विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ युट्युबमा लाइभ आएर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । आज प्रकाशित जनआस्था साप्ताहिकका अनुसार नेकपाले पार्टी पुनर्गठन भएको दिन अर्थात् मंसिर ८ मा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई युट्यु अन्तर्वार्तामार्फत् सार्वजनिक गर्दै छ।
प्रचण्डबाट छुट्टिएको दिनलाई भव्य बनाउनका निम्ति सभा, सांस्कृतिक कार्यक्रम, उपहार, शुभकामना आदानप्रदानसँगै शहीद परिवारसहित जनयुद्धका घाइते, अपांग, बेपत्ता परिवारलाई सम्मान, क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वृद्धवृद्धाको सम्मान, भेटघाट जस्ता कार्यक्रम तय गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment