प्रदेश प्रमुख हेरफेर आचारसंहिता विपरित होइन : निर्वाचन आयोग
काठमाडौं। निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको जनाएको छ।
निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ती तथा मन्त्रिमण्डल पुनर्गठन गर्न नपाइने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने प्रष्टयाएका हुन्।
‘सरकारले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बुँदामा उल्लेख गरिएको छैन, बुधबार काठमाडौंमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन आयुक्त पौडेलले भने, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको बताए।
सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ। तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बूँदामा ती विषय उल्लेख नभएकाले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्त गर्ने सरकारको कामबाट निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न नमिल्ने जनाएको छ।
निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment