एमसीसीविरुद्ध फस्ट क्लास क्रिकेटः नेपालको कमजोर बलिंग आक्रमण

डिसी नेपाल
२० कार्तिक २०७६ १९:१९

काठमाडौं । कीर्तिपुरस्थित त्रिवी मैदानमा बुधबार शुरु भएको नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)बीचको तीन दिवसीय खेलको पहिलो दिन नेपालले कमजोर प्रदर्शन गरेको छ।

टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको एमसीसीले बुधबार पहिलो दिनको खेल सकिँदा ८६ ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ।

अनुभवहिन नेपाली बलरहरुको कमजोर आक्रमणको फाइदा लिँदै एमसीसीले बलियो स्कोर खडा गरेको हो। नेपालका सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २–२ विकेट लिए। नेपालका लागि ७ जना बलरले बलिंग गरेका थिए। ४ जना बलर विकेटबिहीन रहे।

१३ ओभर बलिंग गरेका करण केसी,४ ओभर बलिंग गरेका आरिफ शेख, ५ ओभर बलिंग गरेका पवन सर्राफ, १२ ओभर बलिंग गरेका ललित राजवंशी र १ ओभर बलिंग गरेका दिपेन्द्रसिंह ऐरी विकेटबिहीन रहे।

खराब प्रकासको कारण १० ओभर बाँकि रहदै खेल रोकिदा एमसीसीले उच्च योगल तयार गरेको हो । एमसीसीको उच्च योगफलमा तीन खेलाडीले अर्धशतक बनाए ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै टम वेस्ट्लीले ३९ रन जोड्दा एड योङले १७ बनाए । बिली गोडलम्यान १० रनमा आउट भए ।

यासिर अराफात ३५ रनमा अविजित रहदा एलेक्स थोम्पसन २१ रनमा अविजित छन् ।

एमसीसीले बिहीबार ३११ बाट अगाडि खेल्न शुरु गर्ने छ।

पहिलो दिन कमजोर प्रदर्शन गरेको नेपालले बिहीबार विहानी सत्रमा एमीसीलाई अलआउटको रणनीति लिएको छ। बुधबार पहिलो दिनको खेल सकिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कप्तान ज्ञानेन्द्र मल्लले बिहीबार बिहानी सत्रमै अलआउट गर्नु लक्ष्य हुने बताए। उनले नेपाली टिमका ९ खेलाडीहरुले फस्ट क्लास डेब्यू गरेको भन्दै अनुभवको पनि कमी भएको स्वीकार गरे।

स्मरण रहोस शरद भेषवाकर र सोमपाल कामीबाहेक अन्य सबै खेलाडीको यो फस्ट क्लास डेब्यू खेल हो।

नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।

फस्ट क्लास क्रिकेटपछि नेपालले टी–ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएको हो। नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *