उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारको पहिलो दर्ता
भक्तपुर। मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ। जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराए।
त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराउनुभयो। दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए।
दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ। जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ। आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment