भारतको जवाफ : नेपालको भूमि मिचेको छैनौं

डिसी नेपाल
२१ कार्तिक २०७६ १७:२८

काठमाडौं । भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भू–भाग परेको भन्दै सो नक्शाबारे भारतीय एकपक्षीय निर्णय नेपालले अस्वीकार्य हुने बताएपछि भारतले त्यसको जवाफ दिँदै भारतले आफ्नो भूमिमात्र नक्शामा समेटेको बताएको छ।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक मिडिया ब्रिफिङमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले त्यस्तो जवाफ दिएका हुन्।

उनले नयाँ नक्शामा भारतले आफ्नो भूमिमात्र समेटेको बताएका छन्। उनले भने, ‘हाम्रो नक्शामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’

उनले विशेष जोड दिँदै नेपाल र भारतबीचको सीमा विवादबारे समधान गर्न दुई देशको संयन्त्र लागि परेकोसमेत बताएका छन्। उनले सयन्त्रमाफत समस्या समधान गर्न सकिने बताएका छन्।

भारतले हालै जारी गरेको नक्शामा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको कालापानी, लिपुलेक र लिम्पुयाधारा भारतको पिथौरागढ जिल्लामा समेटिएको छ। नेपालमा भारतको सो नक्शामाथि निकै विरोध भइरहेको छ।

सरकारले भारतको एकपक्षीय निर्णय अस्वीकार्य बताएको छ भने राजनीतिक दल, विद्यार्थीहरुले सडकमा विरोध प्रदर्शनसमेत गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *