‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’

डिसी नेपाल
२२ कार्तिक २०७६ ११:१०

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहेका मन्त्री ढकालले उक्त बैंकका कानूनी मामिला हेर्ने वरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँगको भेटमा नेपाल सरकारले हालै निर्माण गरेका मौलिक हक तथा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको कार्यान्वयनमा सहयोग बढाउन आग्रह गरेका थिए ।

वासिङ्टनडिसीस्थित नेपाली दूतावासका अनुसार उपाध्यक्ष ओकोरोले आगामी वर्ष आफूले नेपालको भ्रमण गर्ने र नेपाल सरकारले कानून र न्यायको क्षेत्रमा निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए ।

भेटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल सहभागी थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *