सुदूरपश्चिम प्रदेशको वित्तीय सम्मेलन मङ्सिरमा हुने

डिसी नेपाल
२३ कार्तिक २०७६ ७:५७

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ। प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो।

मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेशले स्थानीय तहलाई दिने सम्पूरक अनुदानसम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०७६ संशोधनसमेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको छ। गठनादेशका आधारमा समिति गठन गरेर प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *