कांग्रेस वरिष्ठ नेता पौडेल पूर्वी पहाडको भ्रमणमा
फाइल
काठमाडौं। नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्किने भएका छन्।
वरिष्ठ नेता पौडेल कातिक २६ गते मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।
सो कार्यक्रम पश्चात पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको पौडेलका निजी सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए। कातिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण सुरु झापाबाट गर्ने कार्यक्रम छ। उनले कातिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
कातिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए।
त्यसैगरी कातिक ३० गते इलामवाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै मंसीर १ गते पाँचथरवाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment