भारत सरकारले जारी गरेकाे नयाँ नक्शाप्रति परिवार दलकाे आपत्ति

डिसी नेपाल
२४ कार्तिक २०७६ १३:४०

काठमाडाैं। नेपाल परिवार दलले भारतले जारी गरेकाे नयाँ राजनैतिक नक्साप्रति आपत्ति जनाएकाे छ। परिवार दलका अध्यक्ष एकनाथ ढकालले आइतबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारले जारी गरेकाे नयाँ राजनीतिक नक्शाप्रति आपत्ति जनाएका हुन्।

‘भारतले जारी गरेकाे राजनीतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको बारेमा संचार माध्ययममा प्रकाशित समाचारहरु तथा जन स्तरबाट ब्यक्त गरिएको गहिरो चासो र चिन्ताको बारेमा नेपाल परिवार दलको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएकाे छ, ‘एक स्वतन्त्र र सार्बभौमसत्ता सम्पन्न राष्ट्र नेपालको भौगोलिक अखण्डतामा आंच पुर्याउने काम छिमेकी मित्रराष्ट्रहरुबाट हुनु हुँदैन। हामी नेपाल र भारतबीचका मैत्रीपूर्ण सम्बन्ध आपसी हित र समानतामा आधारित हुनु पर्दछ भने मान्यता राख्दछौं।’

परिवार दलले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको आफ्नाे स्पष्ट मान्यता रहेकाे जनाएकाे छ।

‘दुई राष्ट्रबीचकाे सिमानाको बिषय आपसी छलफल र बार्ताद्वारा निष्कर्षमा पुग्नु पर्नेमा एकलौटी तरिकाले नेपालको भुमि अतिक्रमण हुनेगरी भारतद्वारा जारी गरिएको नक्सा हामी अस्विकार गर्दछौ र तुरुन्त सच्चाउन आग्रह गर्दछौं। यस बिषयमा नेपाल सरकारले यथासिघ्र दुइ देशको उच्च राजनैतिक तहमा छलफल गरेर कुटनैतिक तरिकाले उक्त बिषयको समाधान खोज्न पनि नेपाल सरकार संग हाम्रो पार्टी जोडदार माग गर्दछ; जारी विज्ञप्तिमा भनिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *