कास्कीबाट अर्को हिरा जन्माउने दाबी

डिसी नेपाल
२५ कार्तिक २०७६ ७:४६

कास्की। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भिम कार्कीले नेपाली राजनितिमा कास्की बाट अर्को हिरा जन्माउने उद्घोस गरेका छन्।

कार्कीले कास्की २ को उप–निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फ बाट उम्मेदवार रहेकी बिद्या भट्टराई अत्याधिक मतले जिताएर समृद्ध कास्की निर्माणमा अभियन्ता बनाउने बताएका हुन्।

कार्कीले देश निर्माणमा नेकपाको सरकारद्वारा गरिएको कामको चर्चा गर्दै बिगतमा रबिन्द्र अधिकारीको बिरासतलाई झन उच्च बनाउन बिद्या भट्टराई र्निविकल्प उमेदवार भएको जिकिर गरे।

कार्कीले सो कुरा पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरी स्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्वाचन परिचालन कमिटिको कार्यालय उद्धाटन गर्दै सो कुरा बताएका हुन्।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य सृजना त्रिपाठी राष्ट्र्यि यूवा संघका केन्दीय सदस्य माधव बास्तोला, अनेरास्वबियुका केन्द्रीय उपाध्यक्ष, वडा अध्यक्ष शिब प्रसाद आचार्य, नेकपा ३३, का संगठन बिभाग प्रमूख मनोहर आचार्य, बिश्वेश्वर हरामी सचिव गोपाल पुन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *