भारतीय सेनाका जवान तामाङको हत्या गर्ने २ जना १७ वर्षपछि पक्राउ

डिसी नेपाल
२५ कार्तिक २०७६ १९:१०

काठमाडौं। भारतीय सेनामा कार्यरत धादिङका परशुराम तामाङको हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङ्ले २ जना हत्या आरोपीलाई यही २४ गते केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा काठमाडौंबाट पक्राउ गरेको हो।

२०५९ कात्तिक २९ गते बेलुकी धादिङ साविक दार्खा गाविस वडा नं २ देउरालीका २४ वर्षीय भारतीय सेनामा कार्यरत पशुराम तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।

उनीमाथि खुकुरी‚ नाईनस्टिक‚ ढुङ्गा समेतले प्रहार गरी कर्तव्य गरी मारी भागेका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ जिल्ला दार्खा गाविस वडा नं २ हाल खनियावास गापावडा नं ३ देउराली बस्ने जस बहादुर लामाको छोरा बर्ष ४२ को गोम लामा तामाङ र सोही स्थानका बुधराम तामाङको छोरा वर्ष ३७ को सुक लामा तामाङलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ।

पक्राउ परेका आरोपीलाई जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्न अनुमति दिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *