अविलम्ब नक्सा सच्याउन भारत सरकारलाई एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाको माग
काठमाडौं। एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले भारतले गत हप्ता सार्वजनिक गरेको नयाँ नक्सा अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।
एक वक्तव्य जारी गर्दै मोर्चाले मा नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको भारतको सीमासँग जोडिएको महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि लिपुलेकसम्मको (३७२ किलोमिटर) कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गरेकोमा आपत्ति प्रकट गर्दै मोर्चाले नक्सा सार्वजनिक गर्न माग गरेको हो।
मोर्चाले भारतले आफ्नो नक्सामा नै उक्त क्षेत्रलाई समावेश गर्नु सिधै अन्तर्राष्टिय कानून र मान्यता विपरित भएको मोर्चाले जनाएको छ । पूर्वराज्यमन्त्री समेत रहेका मोर्चाका संयोजक सुर्यमान दोङ लालध्वजद्वारा हस्ताक्षरित् विज्ञप्तिमा भनिएको छ, ‘भूगोलको हिसावले नेपाल सानो होला तर देशको स्वतन्त्र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको हिसाबले नेपाल–भारत समान छिमेकी देश हो। यो कुरा भारतले बिर्सनु हुँदैन। भारत सरकारलाई अविलम्ब नक्सा सच्याउन आग्रह गर्दछ।’
मोर्चाले भारतले बेला–बेलामा सिमामा गरिरहेको मिचाहा र हेपाहा प्रबृत्तिबाट नेपाली जनतामा गहिरो चोट पुगेको समेत उल्लेख गरेको छ। साथै मोर्चाले नेपाल सरकारले उक्त सिमासम्बन्धी आफ्नो धारणा प्रष्ट पारेपनि सिमासम्बन्धी विवाद हल गर्न अविलम्ब कुटनैतिक प्रयास अघि बढाउन जरुरी भएको समेत जनाएको छ।
एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सत्तारुढ दल नेकपा निकट जनवर्गीय संगठन हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment