डा. केसीसँग तत्काल वार्ता गर्न सरकारलाई काँग्रेसको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।
डडेलधुरामा अनसनरत वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको समाचार आईरहेका बेला नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पत्रकार सम्मेलन गरी तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
उनको जीवन रक्षा गर्ने कर्तव्यबाट विमुख नहुन सरकारलाई काँग्रेस प्रवक्ता शर्माको अपिल छ । ‘उहाँको स्वास्थ्यस्थिति प्रतिकूल बन्दै गएको खवर डडेलधुराबाट प्राप्त भईरहेको छ,’ प्रवक्ता शर्माले भने, त्यसबारे गहिरो संवेदनशीलता राख्न, तत्काल वार्ता टोली गठन गरेर जायज माग सम्बोधन गर्न र उनको जीवन रक्षा गर्न आफ्नो पार्टी सरकारलाई अपिल गर्दछ ।’ उनले मापदण्ड भन्दा बढि शुल्क लिने मेडिकल कलेजहरुलाई कार्वाही गर्न र पीडित विद्यार्थीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।
प्रवक्ता शर्माले भारतसँगको सीमा समस्या समाधानका लागि परिणामुखि पहल गर्न पनि सरकारलाई दवाव दिए । राष्ट्रिय एकता निर्माण भएको यो सवालमा भारतसँगको सीमा समस्या समाधानका लागि परिणाममुखि पहल गर्ने काम सरकारको रहेको उनको भनाई थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment