भारतीय हस्तक्षेपविरुद्ध काठमाडौँमा आजपनि नेविसंघको प्रदर्शन
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ।
नेविसंघले ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपाल टार, बाइपास, माछापोखरी क्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरेको हो।

नेविसंघका निबर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रर्दशनमा नेबिसंघका नेताहरू निरन्जन थापा, इश्वर अधिकारी, पबन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे, स्वेच्छा उप्रेती, ठाकुर प्रसाद नेपाल, लक्ष्मी सिलबाल, किरण भट्टराई, जिबन राना, प्रबिन गुरुङ, विशाल देबकोटा, सन्तोष दाहाल, सौरब घिमिरे, प्रदीप जंग साह, सुस्मिता गुरुङ, सुसिल ढकाल, भिम अधिकारी लगायतको उपस्थिति रहेको थियो।

नेपालटार ग्रामिण र एन.आर. कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो। भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघले काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा दैनिकजसो प्रदर्शन गर्दै आएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment