आईपीएल फ्रेन्चाइजले रिलिज गरे खेलाडी, सन्दीपले दिल्लीबाट खेल्ने पक्का

डिसी नेपाल
२९ कार्तिक २०७६ १९:३५

काठमाडौं। आगामी सिजनका लागि इण्डियन प्रिमियर लीग (आईपीएल)का लागि खेलाडी ट्रान्सफर विन्डो सकिएसँगै फ्रेन्चाइजहरुले खेलाडी रिलिज र रिर्टनको अन्तिम सूची शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई बुझाएका छन्।

आईपीएल इतिहासकै असफल टिम मध्येको एक रोयल च्यालेन्जर्स बेंगलोरले १२ जना खेलाडी रिलिज गरेको छ। सबैभन्दा कम चेन्नई सुपर किंग्सले ५ जना खेलाडी रिलिज गरेको छ।

यस्तै कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सले ११–११ जना खेलाडी रिलिज गरेका छन्।

यस्तै किंग्स एलेभेन पञ्जावले ९ जना खेलाडी रिलिज गरेको छ भने मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादले ७–७ जना खेलाडी रिलिज गरेका छन्।

नेपाली खेलाडी सन्दीप लामिछानेले भने यो सिजन पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का भएको छ। दिल्लीले उनलाई रिर्टन गरेपछि उनी दिल्लीका लागि खेल्ने पक्का भएको हो। सन्दीपले दुई सिजन खेलिसकेका छन्। उनी प्रत्येक सिजन २० लाख भारुमा तीन सिजनका लागि दिल्लीसँग अनुबन्ध भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *