बसको ठक्करबाट एक जनाको मृत्यु
साकेतिक तस्बिर
जनकपुर । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार साहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश साहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment