भरतपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
३० कार्तिक २०७६ ८:०९
4
Shares

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना राति १२ बजे भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *