भारतको दुश्मनी भुलेर पाकिस्तानले गर्यो यस्तो काम, सबै तर्फबाट भयो प्रशंसा

डिसी नेपाल
३० कार्तिक २०७६ २२:१८

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच सम्बन्ध खराब रहे पनि बिहीबार एक यस्तो घटना भयो जसको सबैतर्फबाट प्रशंसा भइरहेको छ। भयो के भने, १५० जना यात्रु लिएर भारतको जयपुरबाट मस्कटका लागि उडेको एक भारतीय विमान पाकिस्तानी हवाई क्षेत्रमा निकै खराब मौसममा फस्यो।

आकाशमा विजुलीसँग विमान ठोक्किन थालेपछि अचान विमान २ हजार फिट तल झारियो, पायलटले सहयोगका लागि नजिकका एयर ट्राफिक कन्ट्रोलमा सन्देश पठाए। सन्देश प्राप्त गरेपछि तुरुन्तै पाकिस्तानी एयर ट्राफिक कन्ट्रोलले काम थाल्यो। र विमानलाई दुर्घटना हुनबाट बचाउँदै १५० जनाको ज्यान बचायो।

बिहीबार पाकिस्तानमा मौसम निकै खराब थियो। चट्यांग पर्दा सो दिन पाकिस्तानमा २० जनाको मृत्युसमेत भएको थियो।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणको एक ट्राफिक कन्ट्रोलर (एटीसी)को सतर्ककताले १५० जना यात्रु बोकेको एक विमान दुर्घटनाबाट जोगिएको हो। भारतीय विमानका पायलटको सन्देश प्राप्त गर्नासाथ पाकिस्तानी एटीसीले विमानलाई सुरक्षित रुट देखाएको हो।

विमान भारतको जयपुरबाट ओमानको राजधानी मस्कट जाँदै थियो।

न्यूज इन्टरनेशनलका अनुसार विमान कराचीमाथि उडान भरिरहेको थियो। सोही समय विमान चट्यांगकको समस्यामा आयो। विमान ३६ हजार फिटको उँचाईबाट ३४ हजारको उँचाईमा झर्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *