भारतले सफल परीक्षण गर्यो नयाँ क्षेप्यास्त्र
नयाँ दिल्ली (एजेन्सी) । भारतले शनिबार परमाणु हतियार बोक्न सक्ने क्षमताको नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार अग्नी २ नामको मध्यम दूरीको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरिएको हो।
भारतले यो परीक्षण रातीमा गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतले पहिलो पटक कुनै मिसाइल परीक्षण रातीमा परेको हो। यो मिसाइलको क्षमता २ हजार किलोमिटरसम्म रहेको जनाइएको छ।
भारतको स्ट्राटेजिक फोर्सेज कमाण्डले ओडिशाको तटमा यो मिसाइलको सफल परीक्षण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अग्नी २ मिसाइल २० मिटर लामो हुन्छ । यो १ हजार किलोसम्मको वस्तु बोक्न सक्षम हुन्छ। अग्नी २ मिसाइल यसअघि नै भारतीय सेनामा सामिल गरिसकिएको छ।
यो मिसाइल डीआरडीओको एडभान्स्ड लबोरेटरीले तयार गरेको हो। यस मिसाइललाइर्रु इन्टीग्रेटेड गाइडेड मिसाईल डेभलपमेन्ट प्रोग्रामअनुसार बनाइएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment