५८ केजी अवैध लागूऔषध चरेश र नगद सहित ५ जना पक्राउ

डिसी नेपाल
१ मंसिर २०७६ २२:५७

बर्दिया । गुलरिया नगरपालिका ७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम (पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका १ का २७ वर्षीया जुनतारा पुन, रुकुम (पूर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका ८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *