ट्रम्पले छिट्टै भेटौंला भनेपछि किमको जवाफ, तत्काल वार्ता हुँदैन
सोल। आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ ।
केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गरी भनेको छ, “उत्तर कोरिया त्यस्ता वार्ताका लागि ‘इच्छुक हुन असमर्थ बन्ने छ’, जसले हामीलाई केही फाइदा हुँदैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै आइतबार लेखेको एक ट्वीटर सन्देशको जवाफमा नेता किमको उक्त भनाई आएको हो ।
ट्रम्पको सन्देशमा लेखिएको थियोे, “सम्झौता गर्नका लागि तपाईं शीघ्र कदम चाल्नुहुनेछ । छिट्टै भेटौँला ।” एएफपी
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment