भगवान कृष्णले चाहेको भए महाभारतको युद्ध एकै दिनमा जित्न सक्थे

डिसी नेपाल
३ मंसिर २०७६ ८:०८

काठमाडौं। छिटो प्राप्त भएको सफलाता अस्थायी हुन्छ। वर्तमान समयमा मानिसहरु छाटो बाटोबाट अगाडि बढेर चाँडै सफलता प्राप्त गर्न चाहन्छन्। उनीहरुलाई छाटो बाटोबाट स्थायी सफलता प्राप्त गर्न सकिन्छ भन्ने भ्रम हुन्छ।

स्थायी सफलताका लागि छोटो बाटो अपनाउनु हुँदैन।  भगवान कृष्ण जसलाई धेरैजसो मानिस लोभ र मोह रहित मान्छन्। भगवान कृष्ण भयंकर युद्धपछि पनि कहिल्यै अशान्ति भएनन्। भगवान कृष्णले कहिल्यै पनि आफ्नो भागमा परेको संघर्ष अरुबाट गराएनन्।

कहिल्यै कसैलाई सफलता प्राप्त गर्न अनुचित मार्ग देखाएनन्। महाभरतको भिषण युद्ध एक्लै कृष्ण पाण्डलका लागि एक दिनमै उक्त युद्ध जित्न सक्षम थिए। तर उनले युद्ध पाण्डवबाटै गराए। कृष्णले मात्र मार्ग दर्शन गरे। यदि कृष्णले चाहेको भए पाण्डवतर्फ कुनै सैनिकको मृत्यु नभई पाण्डवले सजिलै युद्ध जित्न सक्थे।

यसको कारण के थियो भने यदि कृष्णले युद्ध जितेर युधिष्ठिरलाई राजा बनाइ दिन्थे भने पाण्डव कहिल्यै त्यो सफलताको मूल्य बुझ्दैन थिए। सफलता स्थायी वर सन्तुष्टिप्रद त्यति बेला हुन्छ, जतिबेला व्यक्ति स्वयंले संघर्ष गरेर सफलता प्राप्त गरेको हुन्छ।

कहिले काँही निकै सफलता प्राप्त गरेपछि पनि हाम्रो मन सन्तुष्टि हुँदैन। सफलताले हामीलाई सुख दिइरहेको हुँदैन। हामी जति सफलता प्राप्त गर्छौं उति हाम्रो मन अशान्त हुन्छ। यसका पछाडि केही कारण हुन्छन्, जो हाम्रो सफलताको भावलाई प्रभावित गर्छ।

सफलतासँगै शान्ति र सन्तुष्टिका यी दुई भाग हुन आवश्यक हुन्छ। यदि हामी अशान्ति र असन्तुष्ट छौं भने यसको सिधा अर्थ के हुन्छ भने हामीले सफलता प्राप्त गर्न छोटो बाटो अपनाएका छौं। छोटकरीमा प्राप्त भएको सफलता अस्थायी हुन्छ।

र, यसले हाम्रो मनमा अशान्ति पैदा गर्छ। स्थायी सफलताका बाटो धेरै लामो र कठिन हुन्छ। तर त्यो बाटोमा हिँडेर जो व्यक्ति लक्ष्यसम्म पुग्छ उसले स्थायी सफलता र असीम शान्ति वा आनन्द प्राप्त गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *