पितामाथि लाग्यो बलात्कारको आरोप, अदालतमा भने – ‘छोरीले सुरु गरेकी हुन्’

डिसी नेपाल
३ मंसिर २०७६ १५:५५

काठमाडौं। बलात्कारको आरोप लागेका एक पिताले अदालतमा सुनुवाइको क्रममा आफ्नो बचाउ गर्दै आफ्नी छोरीले नै नशाको तालमा यौन सम्बन्धको सुरुवात गरेको बताएका छन् । घटना सिंगापुरको हो । सोमबार भएको सुनुवाइमा पिताले छोरीको बारेमा धेरै जानकारी दिए । च्यानलन्यूजएसियाको रिपोर्ट अनुसार ५२ वर्षमा पितामाथि ३ वर्ष पहिले २३ वर्षकी छोरीलाई बलात्कार गरेको आरोप छ ।

पिताले अदालतमा उनकी छोरीले एक्लोपन महसुस गरिरहेकाले उनले यस्तो गरेको बताएका छन् । पितामाथि बलात्कार, यौन हिंसा, डर धम्की दिएको जस्ता ९ आरोप छन् । पुलिसले अदालतमा उनले चक्कु देखाएर धम्क्याएर छोरीलाई बलात्कार गरेको भनेको थियो । अदालतका दस्तावेजहरुका अनुसार बलात्कारको घटना १७ मार्च २०१६ मा भएको थियो । यस क्रममा पिता र छोरी दुवै नशामा थिए ।

पिताले अदालतमा छोरीसँग यौन सम्बन्ध राखेको स्वीकार गरे तर जबरजस्ती गरेको आरोप भने अस्वीकार गरेका छन् । उनले अदालतमा छोरीले लगातार रक्सी पिउने र ड्रग्स पनि लिने बताए । २०१४ मा बिहेको केही हप्तामै छोरीको सम्बन्धविच्छेद भएको उनले जानकारी दिए । उनीहरु एक अर्कालाई माया गर्थे र छोरीको विषयमा उनको मनमा कुनै नकारात्मक सोच थिएन । उनले छोरीलाई यौन सम्बन्धको सुरुवात गर्दा किन रोकेनन् भन्ने प्रश्नमा उनले आफूले छोरीमाथि कहिल्यै हात नउठाउने र गाली नगर्ने गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *