लागुऔषध मुद्दाका फरार प्रतिवादी २ महिला पक्राउ
धादिङ । धादिङमा लागुऔषध मुद्दाका फरार प्रतिवादी २ जना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अदालतबाट १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएकी ५० वर्षीया सरिता भन्ने दूर्गा तामाङ र १ वर्ष ६ महिना कैद र १० हजार जरिवाना तोकिएकी गल्छी गाउँपालिका ७ की ३२ वर्षीया गंगा श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर तोकिएको कैद भुक्तानको लागि मंगलबार नै कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।
प्रतिक्रिया
Facebook Comment