मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको नोभेम्बर २८ मा फैसला हुने

डिसी नेपाल
३ मंसिर २०७६ २३:३४

इस्लामावाद (रासस/एएनआई) । पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफविरूद्ध लागेको ‘देशद्रोह’ मुद्दाको सुनुवाई थप एक हप्ताका लागि लम्बिएको छ ।

इस्लामावादस्थित पाकिस्तानी उच्च अदालतले दिएको जानकारीमा उक्त मुद्दाको फैसला यही नोभेम्बर २८ मा हुने बताइएको छ ।

उच्च अदालतका न्यायाधीश वाकर अहमद सेठको नेतृत्वमा बसेको तीन सदस्यीय वेन्चले मुशर्रफका कानूनी परामर्शदाताहरूलाई मुद्दाबारे मुशर्रफका धारणा (तर्क) हरूलाई लिखितरूपमा नोभेम्बर २६ मा पेश गर्न निर्देशन दिएको पाकिस्तानी पत्रिका ‘डन’ले उल्लेख गरेको छ ।

पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को सरकारले सन् २०१३ मा मुशर्रफविरूद्द उच्च देशद्रोहको मुद्दा दाखिल गरेको थियो ।

पूर्व सैनिक प्रमुखसमेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानूनी रूपमा निलम्बन गरी सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ ।

मुशर्रफलाई सन् २०१४ को मार्च ३१ मा ‘देशद्रोह’ को अभियोग लगाई अभियोजनकर्ताहरूले सोही बर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । तर सन् २०१६ मा उपचारका लागि मुशर्रफ दुबई गएपछि उक्त मुद्दामाथिको सुनुवाई रोकिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *