भारतीय प्रधानमन्त्री मोदीद्धारा समवेदना व्यक्त

डिसी नेपाल
४ मंसिर २०७६ ६:१७

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गरेका हुन् ।

युएइको राजनीतिक परिवारका सदस्य अल नाहयाको सोमबार निधन भएको थियो । “ उनी र उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,” प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले परिवारजनमा परेको यस दुःखद् घडीमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउन भनी प्रार्थना गरेको पनि उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *