जिसस महासङ्घको प्रदेश भेला सौराहामा
फाईल तस्बिर
भरतपुर । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं- ३ स्तरीय भेला आइतबार सौराहामा हुने भएको छ। भेलामा यस प्रदेशका १३ जिल्ला समितिका सबै सदस्य एवं पदाधिकारी र जिल्ला समन्वय अधिकारीको सहभागिता रहने छ।
महासङ्घको प्रदेश नं–३ का प्रवक्ता एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भेलामा हाल देखापरेका समस्या, समाधानका उपाय, समन्वय समितिलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
भेलामा प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रदेश नं-३ का मुख्य सचिवलगायतका व्यक्तिको उपस्थिति रहने डल्लाकोटीले जानकारी दिए।
भ्रमण वर्षको सङ्घारमा प्रदेशभरका समितिको उपस्थिति चितवनमा हुनु आफैमा महत्वपूर्ण रहेको उनको भनाइ छ। जिल्ला समन्वय समितिमा प्रमुखसहित नौ जना सदस्य हुने गर्दछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment