सिरियाली शरणार्थीका लागि नर्वेद्वारा लेवनानलाई सहयोग
बेरूत । नर्वेले लेबनानमा शिविरमा बस्दै आएका सिरियाली शरणार्थीको सहयोगका लागि बार्षिक चार करोड अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउने भएको छ ।
लेबनानी सञ्चारमाध्यमका अनुसार लेबनानका लागि नर्वेका राजदूत लेनी स्टेनसेथले बिहीबार उक्त सहयोगको घोषणा गरेका हुन्।
लेबनानलाई आर्थिक सहयोग गर्ने मुलुकहरूको सूचीमा नर्वे पाँचौँस्थानमा भएको र नर्वेले अन्य देशमा रहेका सिरियाली शरणार्थीको सहयोगका लागि दिँदै आएको रकमको तुलनामा यो सहयोग दोब्बर बढी भएको स्टेनसेथलाई उद्धृत गर्दै लेबनानी सञ्चारमाध्यमले लेखेका छन् ।
लेबनानमाथि सिरियाली शरणार्थीका कारण परेको भार कम गर्न नर्वेले उक्त रकम उपलब्ध गराएको स्टेनसेथले लेबनानी स्वतन्त्र अनलाइन पत्रिका इल्नास्रालाई बताए।
लेबनानस्थित संयुक्त राष्ट्रसंघ शरणार्थीका लागि उच्च आयुक्तको कार्यालयले लेबनानमा रहेका सिरियाली शरणार्थीको सङ्ख्या १० लाख भन्दा बढी पुगेको बताएको छ भने लेवनानी सरकारले १५ लाख सिरियालीलाई आफ्नो देशमा शरण दिँदै आएको बताएको छ । सिन्ह्वा
No ads found for this position

डिसी नेपाल
Facebook Comment