पारसले पाएका मौका, सन्दीपको टिमसँग भिड्दै, सन्दीपले भने मौका पाएनन्
काठमाडौं। यूएईमा जारी क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी टेन लीगमा नेपाली स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने आवद्ध टिमबीच अहिले केही समयपछि खेल हुँदैछ।
पारस आवद्ध टिम आबुधाबीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। कप्तान मोइन अलीले टस जितेपछि पहिला ब्याटिंग रोजे।
उनले नेपाली खेलाडी पारसलाई आजको खेलमा प्लेइंग सेटमा राखिएको जानकारी दिए। पछिल्ला तीन खेलमा पारसले मौका पाएका थिनन्। अघिल्लो दुई खेल भने पारसले खेलका थिए। जसमा ३ बदमा ३ रन बनाउँदा दुबै इनिंगमा नटआउट रहेका थिए।
उता सन्दीप भने टिममा परेनन्। सन्दीप कर्नाटाका टकर्सको टिममा छन्। उनी पहिलो पटक टिम बाहिर रहेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment