तीनै तहका सरकार लागिपरे मात्रै आर्थिक समृद्धि : अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
८ मंसिर २०७६ ८:४२

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले देशलाई आर्थिक रूपमा सवल र समृद्ध बनाउन तीनै तहका सरकार लाग्नुपर्नेमा बताएका छन् ।

दक्षिण पर्वतको विहादी गाउँपालिका–४ वहाकीमा सञ्चालित वहाकी बहुमुखी क्याम्पसको झण्डै रु डेढ करोडको लागतमा निर्माण भएको आठकोठे भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले तीनै तहका सरकार लागे मात्रै
देश आर्थिक रुपमा सक्षम हुने बताएका हुन् ।

सो कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शिक्षा र स्वास्थ्यलाई संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले देशलाई समृद्ध बनाउन कर सङ्कलन बढाउनुपर्ने, भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने, चुहावट नियन्त्रण गर्नुपर्ने र हरेक कारोवार पारदर्शी हुनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्व सभासद गुणाखर बस्याल, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्दप्रसाद तिवारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, नेकपाका नेता गोविन्द पहाडीले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रभक्ति झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *