कन्सोटियम नेपालमा किरण थापा

डिसी नेपाल
८ मंसिर २०७६ १६:१८
4
Shares

काठमाडौं। बालसहभागितामा कार्यरत सस्थाहरुको सझा समुह नेपाल कन्सोटियम नेपालको २० औं सधारण सभाले युबा बाल अधिकारकर्मी किरण थापालार्इ अध्यक्षमा चयन गरेको छ। यसैगरी उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन सचिबमा प्रदीप कुमार लामिछाने कोषाध्याक्षमा देबि रेग्मी चयन भएका छ्न्।

यसैगरी सदस्य हरुमा बृजमोहन कुशबाह, उषा बिक, अनिता पाण्डे, गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन्। सोही सधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल, २ मा कोपिला कुमारी तिमल्सिना, ३ मा प्रकाश बासी, गण्डकी प्रदेशमा दिपक शर्मा, ५ मा बद्री प्रसाद सुबेदी, कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदूर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको छ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बरिष्ठ बालाअधिकारकर्मी गौरी प्रधान राष्ट्रिय योजना आयोगका सदस्य डा किरण रुपाखेती लगायतले बालाधिकारको बिषयमा आ–आफ्नो धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *