सुनील गावास्करले भने ‘कोहली नजन्मिँदै पनि भारतले जित्थ्यो’, कोहलीले के भनेका थिए ?

डिसी नेपाल
९ मंसिर २०७६ ९:२७

एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्वकप्तान सुनील गावास्करले विराट कोहलीको त्यो बयानको विरोध गरेका छन् जुन बयानमा कोहलीले भनेका थिए कि भारतले सौरभ गांगुलीको समयमा टेस्ट क्रिकेटमा कठिन चुनौतीको सामना गर्न सुरु गर्यो । यो बयानमा प्रतिक्रिया दिँदै गावास्करले भने कि भारतीय टिम त्यतिबेला पनि जित्थ्यो जतिबेला अहिलेका कप्तान विराट कोहली जन्मिएकै थिएनन् ।

यद्यपि कोलकातामा खेलिएको ऐतिहासिक डे नाइट टेस्टमा भारतको बंगलादेशमाथि जीतपछि भने गावास्करले यो खेल शानदार रहेको भनेका थिए । गावास्करले भने ‘भारतीय कप्तानले भने कि भारतीय टिमले राम्रो खेल्न २००० मा सौरभ गांगुलीको टिमदेखि सुरु भयो । मलाई थाहा छ कि गांगुली बीसीसीआइका अध्यक्ष छन् त्यसैले शायद विराट उनको बारेमा राम्रो भन्न चाहन्छन् । तर भारत ७० र ८० को दशकमा पनि जितीरहेको थियो । त्यतिबेला उनको जन्म पनि भएको थिएन ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *