उपाधि दावेदार भारतले सागमा पुरुष फुटबल नखेल्ने
काठमाडौं। उपाधिको दावेदार मानिएको भारतले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलमा सहभागी नहुने भएको छ । फुटबलको समूह विभाजन र खेलतालिकासमेत सार्वजनिक भइसकेको अवस्थामा भारतले अचानक सहभागी नहुने निर्णय गरेको हो । भारतको यो आकस्मिक निर्णयका कारण तयार भइसकेको खेलतालिका परिवर्तन हुने भएको छ ।
यसअघि पुरुषतर्फ पाकिस्तानबाहेक ६ टोलीको समूह विभाजन र खेलतालिका सार्वजनिक गरिएको थियो। भारत र पाकिस्तानले नखेल्ने भएपछि अब पुरुष फुटबलमा पाँच टोलीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल पुरुष फुटबलको साबिक विजेता टोली हो। नेपालले १२औं सागको फाइनलमा भारतलाई हराउँदै स्वर्ण जितेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment