पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाईनलमा

डिसी नेपाल
१० मंसिर २०७६ १८:०९

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनलमा ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसको जितमा कप्तान जुमानु राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा जुमानुले गोल गरे ।

ब्रिगेडका गोलरक्षक र डिफेन्डरको आपसी तालमेल नमिल्दाको फाइदा उठाउदै जुमानुले हेड गोल गरेका थिए । अब पुलिसले उपाधिको लागि थ्री स्टार क्लब र अर्को विभागीय क्लब एपीएफबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *