नेपाली टेलिभिजनहरुले पनि सागको भिडियो खिच्न पाउने!

डिसी नेपाल
१० मंसिर २०७६ २०:२३

काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागको भिडियोहरु टेलिभिजनहरुले पनि खिच्न पाउने भएका छन ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारणका अधिकार भारतको एन के मिडिया भेन्चरलाई नेपाल ओलम्पिक कमिटीले विक्रि गरेको भएपछि पत्रकारहरुको सुझावमा नेपालमा रहेका टेलिभिजनहरुलाई निश्चित मापदण्ड राखेर भिडियो खिच्न पाउने अधिकार दिएको छ ।

जसमा टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्न नपाइने र कुनैपनि ब्यवसायिक प्रयाजनका लागि प्रयोग गर्न नपाउने गरि एक मिनेटमात्र प्रशारण गर्न सर्त राखेको छ । सबै टेलिभिजनहरुलाई एउटा निश्चित ठाँउमा बसेर खिच्नुपर्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *