धोनीको सन्यासलाई लिएर कोच रवि शास्त्रीको बयान, आईपीएलपछि फैसला हुनेछ
एजेन्सी । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यासलाई लिएर हल्ला चलिरहेका बेला कोच रवि शास्त्रीले आफ्नो प्रतिक्रिया दिएका छन्।
एक न्यूज एजेन्सीलाई दिएको अन्तर्वातामा उनले भने ‘यसको लागि २०२० को आईपीएलसम्म पर्खिनुहोस। धोनी कहिले खेल्न सुरु गर्छन र आईपीएलमा कस्तो प्रदर्शन गर्छन भन्ने कुरामा निर्भर रहनेछ। यस्तै अन्य खेलाडीले विकेटकिपिङमा कस्तो प्रदर्शन गर्नेछन् र धोनीको तुलनामा उनीहरुको प्रदर्शन कस्ताे हुनेछ।’
उनले टी–२० विश्वकपभन्दा अगाडी आईपीएल हुने र त्यही समय १५ खेलाडीको चयन हुने बताएका छन्। इंग्ल्याण्डमा भएको विश्वकप क्रिकेटमा भारत सेमिफाईनलबाटै बाहिरिएको थियो। त्यसपछि धोनीले क्रिकेटबाट ब्रेक लिएर सेनासँग तालिम लिएका थिए। त्यहिबेला देखि उनी अन्तराष्र्टिय क्रिकेटबाट टाढा रहेका छन्। धोनीले अन्तिम टी–२० फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment