शुरु भयो साग : केही समयपछि नेपाल र बंगलादेशबीच पुरुष भलिबल शुरु हुँदै
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग)को पहिलो खेल केहीबेरमा शुरु हुने भएको छ। सागको पहिलो पुरुष भलिबल आयोजक नेपाल र बंगलादेशबीच हुने भएको हो।
दशरथ रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेलको तयारी भइरहेको छ। यतिबेला कोर्ट सफा गर्ने काम भइरहेको छ। खेल हेर्न दर्शकहरु आउनेक्रम जारी छ। खेल अफिसियलहरु कोर्ट अवलोकन गरिरहेका छन्।
सागको विधिवत् उद्घाटन आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्याक्रम भए पनि भलिबल भने औपचारिक उद्घाटन हुनुअघि नै हुन लागेको हो। भलिबल नेपालले स्वर्ण पदक आश गरेको मध्ये एक महत्वपूर्ण खेल हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment