लेवान्डोकीको चार गोलमा बायर्नको जित

डिसी नेपाल
११ मंसिर २०७६ १६:३१

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखले फराकिलो जित आत्मसाथ गरेको छ । मंगलबार राति सर्बियाको रेल स्टार बेलग्रेडलाई बार्यनले ६–० गोल अन्तरले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरे ।

उनले च्याम्पियन्स लिगमा सबै भन्दा चाँडो चार गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । उनले १४ मिनेट ३१ सेकेन्डमा चार गोल पुरा गरेका हुन् । समूह चरणमा लगातार ९ खेलमा गोल गर्ने उनी दोस्रो खेलाडी बने ।

खेलमा अग्रता बार्यनले १४ औ मिनेटमा लियोन गोत्र्जकाको गोलबाट लिएको थियो । ५३ औ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका लेवान्डोस्कीले ६० औ मिनेटमा दोस्रो र ६४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

उनले ६७ औ मिनेटमा व्यक्तिगत रुपमा चौथो गोल गर्दै क्लबलाई फराकिलो अग्रता दिलाएका थिए। खेल सकिन एक मिनेट बाँकी छदाँ कोरेन्टिन टोलीसोले बार्यनका लागि छैटौं गोल गरे ।

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ३० गोल गरे । उनले सबै प्रतियोगितामा २४ खेल खेल्दा सो गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगको समूह चरणमै १० गोल गरे ।

बार्यनले शीर्ष स्थानम रहँदै च्याम्पियन्स लिगको समूह चरण पार गर्ने टुङ्गो लगायो । उसले ५ खेलबाट १५ अंक जोड्यो । तेस्रो स्थानको रेड स्टार बेलग्रेडले ३ अंक जोड्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *