क्रिश गेलले दुई ठूला फ्रेन्चाइज लिग नखेल्ने, कारण यस्तो

डिसी नेपाल
११ मंसिर २०७६ १९:३३

एजेन्सी । वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिस गेलले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) र बंगलादेशको बंगलादेश प्रिमिएर लिग (बीपीएल) क्रिकेट नखेल्ने भएका छन् । आक्रामक ब्याट्सम्यान गेलले आफुलाई अहिले विश्रामको आवश्यकता देखिएको कारण दुई ठुला फ्रेन्चाइज लिग नखेल्ने बताएका छन् ।

बीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा गेलको नाम समावेश गरिएको थियो । तर, गेलले बीपीएलमा आफ्नो नाम कसरी दर्ता भयो भन्ने कुरा आफुलाई थाहा नभएको बताए ।

‘म बीबीएलमा जानेवाला छैन । मलाई थाहा पनि छैन कि अब कस्तो क्रिकेट आउने छ,’ क्रिस गेलले भने, ‘बीपीएलमा मेरो नाम कसरी दर्ता भयो त्यो समेत मलाई थाहा छैन । ड्राफ्टमा मेरो नाम आएछ र त्यसपछि के भयो मलाई थाहा भएन ।’

गत सिजन गेलले रंगपुर राइडर्सबाट बीपीएल र मेलवर्न रेनिगेड्सबाट बिग बास खेलेका थिए। यस्तै गेलले आफुले पत्रकारबाट सम्मान पाउन छाडेको आरोप समेत लगाएका छन् ।

दक्षिण अफ्रिकामा जोजी स्टार्सबाट मजान्सि सुपर लिग प्रतियोगितामा आफुले खराब प्रदर्शन गरेको बेला र टिमले हार व्यहोरेको समयमा पत्रकारले आफुलाई सम्मान नगरेको गेलले बताए ।

यस बारेमा गेलले आफ्नो टिमको म्यानेजमेन्ट, प्रशिक्षक, टिम मालिक र खेलाडीलाई समेत जानकारी गराएका थिए । प्रतियोगितामा उनले पहिलो ५ खेलमा मात्र ४७ रन बनाएका थिए । यस्तै टिमको अन्तिम खेलमा भने उनले अर्धशतकीय इनिङस खेलेका थिए । उनको अर्धशतकमा समेत स्टार्सले जित हात पार्न सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *