श्रीलंकाका पूर्वक्रिकेटर मुरलीथरन बने गभर्नर

डिसी नेपाल
११ मंसिर २०७६ २०:५७

एजेन्सी । श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीथरनले राजनीतिक यात्रा सुरु गरेका छन्।

उनलाई श्रीलंकाको उत्तरी प्रान्तको गभर्नरमा नियुक्त गरिएको छ। यो प्रान्त तमिल बाहुल्य क्षेत्र हो। स्थानीय सञ्चार माध्यमका अनुसार श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले मुरलीथरनलाई गभर्नरका लागि प्रस्ताव गरेका थिए।

४७ वर्षका पूर्वक्रिकेटर मुरलीथरनको नाममा १ सय ३३ टेस्टमा ८ सयभन्दा बढी विकेट लिएको रेकर्ड छ। उनले सन् २०१० मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। यस्तै उनले ३ सय ५० एकदिवसीय क्रिकेटमा ५ सय ३४ विकेट र १२ टी–२० क्रिकेटमा १३ विकेट लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *