काठमाडौंमा भूकम्पको धक्का

डिसी नेपाल
११ मंसिर २०७६ २२:२९
16
Shares

काठमाडौं। बुधबार अबेर काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राती १० बजेर १० मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौंमा भूकम्पको महसुस गरिएको काठमाडौंका विभिन्न स्थानमा बस्नेहरुले सामाजिक सञ्जालमा लेखेका छन्। केहीले सामान्य महसुुस भएको बताएका छन् भने केहीले बढि नै हल्लिएको बताएका छन्।

तर, भूकम्प मापन केन्द्र काठमाडौंमा सम्पर्क हुन नसकेकाले केन्द्र बिन्दु र यसको स्केल थाहा पाउन सकिएको छैन। भूकम्प महसुस भएपछि भूकम्प मापन केन्द्रको वेबसाइट लगइन पनि हुन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *