भारत हटेपछि साग फुटबलको खेल तालिका परिवर्तन, नेपालको पहिलो खेल भुटानसँग

डिसी नेपाल
१२ मंसिर २०७६ १४:००

काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलमा भारत नआउने भएपछि खेल तालिका परिवर्तन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार अब मंसिर १६ गतेदेखि पुरुष फुटबल खेल सुरु हुनेछ।

यसअघि तय भएको खेल तालिका अनुसार नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने थियो। तर भारत नआउने भएसँगै ५ राष्ट्रको मात्रै सहभागिता हुने भएपछि राउण्ड रोविनमा खेल हुन लागेको हो। अब पुरुष फुटबलको पहिलो खेलमा मंसिर १६ गते बंगलादेशले भुटानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। यहि दिन बेलुकी ५ बजे माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ।

नेपालको खेल भने मंसिर १७ गते दिउँसो १ बजे भुटानसँग हुनेछ। त्यस्तै, नेपालले मंसिर १८ मा श्रीलंका र २० गते माल्दिभ्ससँग खेल्नेछ। त्यस्तै, नेपालले २२ गते राउण्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। अंक तालिकाको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *