सागः पाकिस्तानको लगातार दोस्रो सेटमा पनि जित
काठमाडौं। १३ औं साग अन्तर्गत बिहीबार दोस्रो दिनको पहिलो खेलमा माल्दिभ्स र पाकिस्तानबीच पुरुष भलिबल भइरहेको छ। दशरथ रंगशालामा जारी खेलमा पाकिस्तानले लगातार २ सेट जितेको छ। पहिलो सेट २५-१६ ले जितेको पाकिस्तानले दोस्रो सेट २५-२३मा जित्यो। पहिलो सेटभन्दा दोस्रो सेटमा माल्दिभ्सका खेलाडी अलि फुर्तिला देखिएका थिए।
बुधबार भएका खेलमा महिलातर्फ नेपाल विजयी भएको थियो भने पुरुषमा बंगलादेशसँग नेपाल पराजित भएको थियो। नेपाली महिला टिमले बंगलादेशलाई सोझो सेटमा पाखा लगाएका थिए भने पुरुष टिम नेपालले बंगलादेशसँग २-३ले नतिजा सुम्पेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment