अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउने १९ जनाकै सनाखत

डिसी नेपाल
१२ मंसिर २०७६ १५:०१

सन्धिर्खक । अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने १९ जनाकै सनाखत भएको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र थप २ जनाको उपचारको क्रममा ज्यान गएको थियो।

ज्यान गुमाउनेमा ७ महिला र १२ पुरुष छन्  । दुर्घटनास्थलमै मृत्यु हुनेमा बसका चालक कपिलवस्तुको बुद्धभूमिका ३० वर्षीय ओमबहादुर थापा,  बसधनी बस्नेतकी भाइबुहारी शीतगंगा–२ की २७ वर्षीया सीता बस्नेत,  सन्धिखर्क–७ का ५७ वर्षीय शिवलाल भट्टराई, ५० वर्षीय बलराम भट्टराई, २२ वर्षीया माया पुरी, ८ वर्षीया मोनिका खड्का, गुल्मी धुर्कोटका २८ वर्षीय राजकुमार महत, सन्धिखर्क–७ ५९ वर्षीया  की सिताकुमारी सार्की, भुमिकास्थान–९  की ५० वर्षीया सिता घिमिरे, विष्णुमाया गैरे, भुमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ जैशी भण्डारी, भुमिकास्थान–१० का ५४ वर्षीय छविलाल गैरै, सितगंगा–१ की  १५ वर्षीया मञ्जु विक,  सितगंगा–७ का ४८ वर्षीय लोकबहादुर दर्जी, ५४ वर्षीय हरी बहादुर दर्जी, सितगंगा–८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार र वाणगंगा–७ कपिलबस्तुका ३ वर्षीय बालक शोभाखर पोखरेल रहेका छन् ।

त्यस्तै भुमिकास्थान –९ का २३ वर्षीय शैलेश थापाको ठाडा प्राथमिक उपचार केन्द्र र बसधनी शीतगंगा –२ का ३५ वर्षीय सन्तबहादुर बस्नेतको बुटवलको चौराहा अस्पताल पुर्‍याएपछि निधन भएको हो ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको छ भने एक जनालाई काठमाण्डौ रेफर गरिएको छ । दुई जना भने उपचार पछि घर फर्किएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *