महिला भलिबल : भारतसँग नेपालको अनपेक्षित पराजय

डिसी नेपाल
१२ मंसिर २०७६ १८:२४

काठमाडौं। १३ औं साग अन्तर्गत बिहीबार नेपाल र भारतबीच भएको महिला भलिबलमा नेपालले अनपेक्षित पराजाय भोगेको छ। नेपाल भारतसँग सोझो सेटमै पराजित भएको हो। पहिलो सेटमा केही राम्रो खेलेको नेपाल त्यसपछिका दुई सेटमा भने निकै कमजोर देखियो।

खेलको पहिलो सेटमा पराजय भोगेको नेपालले दोस्रो सेटमा पनि पराजय भोगेको छ। नेपालले पहिलो सेट २४ – २६ मा गुमाएको थियो। दोस्रो सेट १२- २५ मा गुमायो। तेस्रो सेट १६-२५ ले गुमायो। जारी प्रतियोगितामा भारत र नेपालले एक एक जित हात पारेका छन्। महिला भलिबल नेपालले पदक आश गरेको एक महत्वपूर्ण खेल हो।

दोस्रो दिनको दोस्रो खेलमा भारत विजयी भएको छ। भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित हात पारेको हो। यो समूह ए मा भारत र बंगलादेशले एकएक खेल जितेका छन्। उता यही समूहमा रहेको आयोजक नेपाल भने पहिलो खेलमै बंगलादेशसँग पराजित भएको थियो।

दशरथ रंगशालाको भलिबल कोर्टमा बिहीबार भारतले बंगलादेशमाथि ३-० को जित हात पारेको हो। भारतले पहिलो सेट भारतले २५- १८ ले जितेको हो। दोस्रो सेट भारतले २५ – १४ले जित्यो । बंगलादेशले बुधबार नेपाललाई पराजित गरेको थियो। तेस्रो सेटमा भारत २५ -१४ले जित हात पारेको हो।

यसअघि पहिलो खेलमा पाकिस्तान विजयी भएको छ। पुरुष भलिबलमा पाकिस्तानले माल्दिभ्सलाई सोझो सेटमै पराजित गरेको हो। दशरथ रंगशालाको भलिबल कोर्टमा पाकिस्तानी खेलाडी माल्दिभ्सका खेलाडीमाथि तीनै सेटमा हावी देखिए। पाकिस्तानले पहिला सेट २५ -१६ मा जितेको थियो। दोस्रो सेट पाकिस्तानले २५- २३मा जित्यो। पहिलो सेटभन्दा दोस्रो सेटमा माल्दिभ्सका खेलाडी अलि फुर्तिला देखिएका थिए।

तेस्रो सेटमा भने माल्दिभ्सका खेलाडी सुस्त देखिए। पाकिस्तानले लगातार लिड गर्दै २५ १५ मा तेस्रो सेट जित्दै ३ ० को नतिजा निकाल्यो।

बुधबार भएका खेलमा महिलातर्फ नेपाल विजयी भएको थियो भने पुरुषमा बंगलादेशसँग नेपाल पराजित भएको थियो। नेपाली महिला टिमले बंगलादेशलाई सोझो सेटमा पाखा लगाएका थिए भने पुरुष टिम नेपालले बंगलादेशसँग २३ले नतिजा सुम्पेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *