माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

डिसी नेपाल
१२ मंसिर २०७६ १९:४२

काठमाडौं । चन्द्रागिरिमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ खुशी होटल नजिक बाटो बनाउने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरेर दाङ बबई गाउँपालिका–१का प्रेम पुन र प्रकाश घर्तीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले बाटो बनाउने क्रममा एक्कासि माटोको ढिस्को खसेर दुई जनाको मृत्यु भएको जानकारी दिए। मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *