योजनाबद्ध विकासलाई अघि बढाउँछु : मन्त्री नेम्वाङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणलाई योजनाबद्ध रुपमा अघि बढाइने बताएका छन्। पूर्वाधार निर्माणमा छिटोभन्दा छिटो उल्लेख्य प्रगति आवश्यक रहेको भन्दै उनले यसका लागि योजनाबद्ध रुपमा विकास गरिने उल्लेख गरे।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पाँचथर पुग्नुभएका मन्त्री नेम्वाङले कार्यकर्तासँगको भेटघाटमा सानादेखि ठूलासम्म योजना अघि बढाउने दायित्व आफ्नो भएको बताए। नागरिकको सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने उनले स्पष्ट पारे ।
मन्त्री नेम्वाङले भने, “नागरिक र पार्टीको अपेक्षा तथा दिशा निर्देशअनुसार कुनै कसर बाँकी नराखी कामलाई अघि बढाउँछु ।” सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभिभारा पूरा गर्न धेरै चुनौती र अप्ठ्यारा रहेको बताउँदै मन्त्री नेम्वाङले उक्त कार्यमा सरकारलाई सहयोग गर्न आग्रह गरे। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment