महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने पक्का
काठमाडौं। काठमाडौंमा जारी १३ दक्षिण एशियाली खेलकुद (साग)को महिला भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ।
शुक्रबार तेस्रो दिन महिला भलिबलतर्फ समूह बी को खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका समूह विजेता बन्दै सेमिफाइनल पुग्यो।
यसअघि नै नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ। अब सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने भएका हुन्।
दुबै टिमले समूह चरणमा एक एक जित हात पारेका छन्। नेपालले समूह चरणमा बंगलादेशलाई पराजित गरेको थियो भने, श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो। नेपाल समूह चरणमा भारतसँग पराजित भएको छ।
उता पाकिस्तान नखेलेपछि माल्दिभ्स पनि उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। अर्को सेमिफाइनल भारत र माल्दिभ्सबीच हुने छ। नेपालले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्न सके एक पदक निश्चित हुनेछ।
शुक्रबार श्रीलंकाले माल्दिभ्समाथि ३-० को जित निकाल्यो। खेलमा श्रीलंकाले लगातार तीन सेट जितेको छ। श्रीलंकाले पहिलो सेट २५ -१५ को स्कोरमा जित्यो। दोस्रो सेट २५ -१८ले जित्यो। तेस्रो सेट २५ -१४ले जित्यो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment